images
images
  • Latest Update

    Trending

    सरकारले सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउँछ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् ।

    शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री दाहालले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री दाहालले बैठकमा बोल्नुभएको कुरालाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भने ‘सम्मानीय प्रधानमन्त्रीज्युले के भन्नुभयो भने हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जो अभियान सुरु गरेका छौं, यसलाई अगाडि बढाउनका लागि हामी अझ दृढताका साथ लैजानुपर्ने हुन्छ । र यो बारेमा २४ गते मैले जुनजुन विषयवस्तु सदनमा राखेँ । त्यो विषयवस्तुकै उहाँले यहाँ व्याख्या गर्नुभयो । सरकारको यो काम गरेर तल जनता समक्ष तपाईँहरूले लैजानुपर्छ भन्नुभयो । अर्को सँगसँगै मन्त्रीमण्डलमा हाम्रो दलबाट सहभागी हुने जो माननीय सदस्यहरू हुनुभयो । त्यसका बारेमा पनि उहाँले के भन्नुभयो भने अहिलेको लागि हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जुन अभियान सुरु गरेका छौं । यसका लागि यो नै टिम सही हुन्छ भन्ने लागेर यसरी पुनर्गठन गरेको हो भनेर भन्नुभयो ।’

    बैठकमा प्रधानमन्त्री दाहालले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरूले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्