images
images
  • Latest Update

    Trending

    डोको, थुन्चे बुन्दै बिद्यार्थी

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–३ कालिका स्थित श्री जनजागृति बिद्यालयले बिद्यार्थीहरुलाई डोको, थुन्चे लगायतका घरेलु सामाग्री बुन्न सिकाउन थालेको छ । स्थानीय पाठ्यक्रममा आधारित रहेर उक्त बिद्यालयले बिद्यार्थीलाई ब्यबहारिक ज्ञान हाँसिल गर्नका लागि डोको, थुन्चे लगायतका सामाग्री बुन्न सिकाउन थालेको हो ।

    पढाईसंगै घरमा दैनिक उपभोग्य डोको, थुन्चे बुन्न सिकाउन थालेपछि बिद्यार्थीहरु पनि फुरुङग भएर सिक्दै छन् । किताबमा पढेको र घरमा देखेको डोको, थुन्चे आफैले बुन्न थालेपछि रमाइलो लागेको कक्षा ६ मा अध्ययन्रत छात्र सागर थापामगरले हर्ष ब्यक्त गर्नुभयो । त्यसोत कक्षा ८ मा अध्धयनरत छात्रा माया पहरीले डोको, थुन्चे लगायतका सामाग्री बुन्न सिकेकोले घरमा बुबासंगै उक्त सामाग्री बुन्ने र आम्दानी गर्ने बताउनु हुन्छ ।

    लिखित र मौखिक रुपमा मात्रै शिक्षण सिकाई हुदैं आएकोमा अहिले भने ब्यबहारिक रुपमै शिक्षण सिकाई दिन थालिएको प्रधानाध्यपक माधवप्रसाद खनालले जानकारी दिनुभयो । कक्षा ६,७ र ८ का ६० जना छात्रछात्रालाई बाँस, निगालोका चोयाबाट डोको, थुन्चे लगायतको घरेलु सामाग्री बुन्न सिकाउन थालिएपछि शैक्षिक प्रभावकारिता बृद्धि भएको उहाँको भनाई छ ।

    बिद्यार्थीहरुलाई घरेलु सामाग्री बुन्न सिकाउन बिद्यालयले स्थानीय डोको, थुन्चे बुन्न जानकार ब्यक्तिलाई पारिश्रमिक दिएर नियुक्त गरेको छ । उक्त जीवनउपयोगी तालिमबाट बिद्यार्थीले ब्यबहारिक सिप पाएका छन् भने स्थानीयले पारिश्रमिक पाएका छन् । अर्कोतर्फ गाउँपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रम लागु भएको छ । आफ्ना छोराछोरीले बिद्यालयमा घरेलु सामाग्री बुन्न सिक्न थालेपछि अभिभावकहरु दंग छन् ।

    सिन्धुपाल्चोकमा तीन नगरपालिका र नौ गाउँपालिका छन् । उक्त स्थानीय तह मध्ये अधिकाँश पालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गरेका छन् । स्थानीय पाठ्यक्रम लागु हुने क्रममा छ । सोही अनुरुप बिद्यालयहरुले शिक्षण क्रियाकलाप अघि बढाउन थालेका छन् । स्थानीय पाठ्यक्रम अनुसारको शैक्षिक क्रियाकलाप प्रभावकारिता देखिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्