images
images
  • Latest Update

    Trending

    राष्ट्रियसभालाई गरिमामय बनाउन प्रयासरत रहनेछु : नवनिर्वाचित अध्यक्ष दाहाल

    काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकारक्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन् ।

    मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगायतका विषयमा राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताए । 

    उनले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे । राष्ट्रियसभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकतावद्ध भएर लैजाने उनले बताए । उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरुप्रति आभार व्यक्त गरे ।  

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्