images
images
  • Latest Update

    Trending

    जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

    उनले भने ‘भोलि संघीय संसदमा प्रतिनिधि सभामा प्रधानमन्त्रीज्युले विश्वासको मत माग्नुभएको छ । त्यो विश्वासको मत दिने की नदिने विषयमा आजको बैठक बसेको थियो । तर बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मत दिने पक्षमा जनता समाजवादी पार्टीले मतदान दिने र त्यसको लागि ह्वीप पनि जारी गरेको छ ।’

    प्रधानमन्त्री दाहालले फागुन ३० गते बुधवार विश्वासको मत लिँदै छन् । यसअघिको नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । काँग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् ।

    नयाँ गठबन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्