images
images
  • Latest Update

    Trending

    निर्वाचन आयोगले भन्यो– उपनिर्वाचन गर्न ८ करोड लाग्छ

    काठमाडौं । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ ।

    आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौति देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।

    ‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

    आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुने छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङ्गको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्