images
images
  • Latest Update

    Trending

    पँहेलो धातुसहित पक्राउ

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा ३ खुर्सानीबारी बजारबाट सुनजस्तै देखिने एक किलो धातुसहित एक युवालाई इलाका प्रहरी कार्यालयले बुधवार पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक सन्तोस खड्काकाअनुसार खुर्सानीबारी चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भोटेकोशी गापा –५ मार्मिङ २३ वर्षीय थर्चेन तेम्बा तामाङलाई शंकास्पद धातुसहित अन्य सामाग्री फेला परेको हो । तातोपानीबाट बाह्रबिसेतर्फ आएको भे ११ प ५५८८ नम्बरको सेतो एनक्स मोटरसाइकलमा सवार थर्चेनले शंकास्पद व्यवहार देखाएपछि खानतलासीको क्रममा धातु फेला परेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

    बरामद भएको पंहेलो धातुलाई बाह्रबिसेमा रहेको सुनचाँदी ब्यबसायी संघसंग जाँच गर्दा उक्त बस्तु सुन नभएको पुष्टि भएको इन्स्पेक्टर जोशीले बताउनु भएको छ । तामाङको साथबाट प्रहरीले एक हजारको चार थान नोट, २० को एक र १० को एक थान गरी जम्मा ६ थान नेपाली नोट फेला परेको छ । एक थान मोबाइल सेट, बिभिन्न ब्यक्तिको नाममा रहेको ६ थान चेकबुक, बिभिन्न ब्यक्तिका राहदानी ४ थान, सीमा प्रवेश अनुमति पत्र ३ थान, नागरिकता १, फोन डायरी बरामद गरेको छ । ठगी धन्दाको लागि तामामा सुनको जलप लगाएको हुन सक्ने र पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धान भइरहेको निरिक्षक जोशीले बताउनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्