images
images
  • Latest Update

    Trending

    मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाही गर्छु : खेलकुदमन्त्री

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन् ।

    आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन अवसरमा शनिवार मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रश्तावमा काम गर्ने बताएका हुन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्पmत प्रश्ताव ल्याएका थिए । सोही प्रश्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

    साथै उनले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरे । यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाएनन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्