images
images
  • Latest Update

    Trending

    मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

    धनुषा । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

    नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन् ।

    संविधान, कानुन तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रूपमा पूरा गर्ने नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीको प्रतिबद्धता छ ।

    नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर सेवा गर्न पाउनु सौभाग्य भएको पनि बताएका छन् ।

    नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्य, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवीले स्वागत गरेका छन् ।

    मधेसका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पूजापाठ गरेका थिए । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्