images
images
  • Latest Update

    Trending

    आईसीसीका अध्यक्ष बार्कले नेपालमा

    काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

    सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।

    चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्नेछन्। यस्तै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग भेट गर्नेछन्। 

    मंगलबार नै क्यानका बोर्ड सदस्यसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

    बुधबार स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने उनलाई माउन्टेन फ्लाइट पनि गराउने क्यानको तयारी छ। बार्कले बिहीबार बिहान फर्किनेछन्। भारतमा शुक्रबार शुरु हुने इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्