images
images
  • Latest Update

    Trending

    माओवादीसँग पार्टी एकता भएको छैन : अध्यक्ष भट्टराई

    काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन् ।

    राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरू माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए ।

    भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गरे । अहिले आफुहरुसंग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए । त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै उनले मुलुकलाई स्थीरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीतका लागि निरन्तर आवाज उठाउने बताए । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्