images
images
  • Latest Update

    Trending

    सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छ : मन्त्री शर्मा

    स्वर्गद्वारी– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन्।  

    झिमरुक गाउँपालिकामा आजदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताएका छन्। उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिइन्। 

    मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताइन्। 

    मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उनको तर्क छ । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्