images
images
  • Latest Update

    Trending

    शासकहरू कुर्सी जोगाउन गुलामीमा लिप्त भए : नेता राजेन्द्र महतो

    नेपालगन्ज, ७ चैत । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन्।

    बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देशको आर्थिक स्थितिका बारे चर्चा गर्दै देश लोकतन्त्र देखि गणतन्त्रसम्म आइपुग्दा पनि जनताको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको बताए ।

    युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेकोले अब यसरी देश नचल्ने भन्दै उनले भने, ‘विश्वको नेपाल गरिब देशको दर्जामा गइसकेको छ, कुनै पनि क्षेत्र सन्तोषजनक अवस्थामा छैन । यो चिन्ताजनक विषय हो ।‘

    उनका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भयो तर अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको उनले जिकिर गरे । आफ्नो विचार प्रकट गर्दै उनले भने, ‘यो देशको शासन ज्ञान सत्ता त्रुटिपूर्ण भयो जस्तो लाग्छ । यो सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीवादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका माक्र्स, लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा पनि फलदायी भएन । बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेको र समस्या हल गर्न नसेकेको हो ।’
    नेपालमा पटक पटक संविधान परिवर्तन भएर पनि समस्या जहाँको त्यहि रहेको उनले विचार प्रस्तुत गरे । विगत देखि देशमा आन्दोलन, लडाई, झगडा, संघर्ष मात्रै भईरहेको उनले जिकिर गरे ।

    उनले भने, ‘नेपाल कसैको गुलाम भएन । तर यहाँको शासकको मानसिकता चरित्रचाही अफ्नै देशको जनतालाई गुलाम ठान्ने मानसिकता पनि समस्याको कारण हो ।’ उनले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताएका छन । उनले थप भने, ‘यो देश बहुल हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ र चलाउनुपर्छ । एकल चलाए भने यो देश अगाडि बढ्न सक्दैन । यो देश सबैको हो, सम्पूर्ण नेपालीको हो र सम्पूर्ण नेपालीको लागि नेपाल बनाउनुपर्यो ।’ नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्