images
images
  • Latest Update

    Trending

    वकिलको परीक्षामा ९४४ जना उत्तीर्ण (नतिजासहित)

    काठमाडौं– नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९४४ जना उत्तीर्ण भएका छन् । परीक्षा लिएका मध्ये एकजनाले भने मौखिक परीक्षा उत्तीर्ण गरेनन् ।

    बार काउन्सिलका अनुसार ९४४ जना उत्तीर्णमध्ये १० जनाले उत्कृष्ट अंक ल्याएका छन् । १० उत्कृष्टमा पर्नेहरूमा ओमप्रकाश घिमिरे, वीरेन्द्रबहादुर मडै, दीक्षा खाण, सागर पौड्याल रवि रिमाल, पूर्ण बोहोरा, प्रज्ञा ढकाल, अधिराज मल्ल, रोजिना श्रेष्ठ र निशा खनाल छन् ।

    उत्कृष्ट १० मा परेका मध्ये पूर्ण बोहोरा कोशीका हुन् भने अरु सबै बागमतीका हुन् ।

    बार काउन्सिलले लिएको दोस्रो चरणको परीक्षाको नतिजा भने आउन बाँकी छन् । दोस्रो चरणको लिखित परीक्षामा उत्तीर्ण भएका २२ जनाको मौखिक परीक्षा आगामी चैत १४ गते हुँदैछ ।    

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्