images
images
  • Latest Update

    Trending

    खेल क्षेत्रको विकासका लागि सोमवारबाट एक्सन लिन्छु : खेलकुदमन्त्री श्रेष्ठ

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरू स्वस्फुर्त र निष्पक्ष हुने बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रबाट खेलाडीहरू विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताए । उनले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने पनि बताए ।

    उनले पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उहाँले अहिले आफूहरूले सपना देखेर सुत्न नसकेको बताए । उनले रास्वापले ०८४ सम्म सुत्न छोडेर भएपनि देश विकासका लागि काम गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले आगामी सोमवारबाट खेल क्षेत्रको विकासका लागि एक्सनमा काम गर्ने प्रतिबद्धता जनाए ।

    उनले भने ‘म तपाईँहरूलाई के भन्छु भन्दा पहिला पहिला सुतेको मान्छेले सपना देख्थ्यो । अहिले हामीले सपना देखेर सुत्न सकेका छैनौँ । र यो ०८४ सम्म सुत्न पनि हुँदैन साथीहरू । युवा तथा खेलकुद मन्त्रालयमा हामीले धेरै कुरा सुरु पनि गरेका छौँ । यो सोमवारबाट धेरै एक्सन पनि तपाईँहरूले पाउनुहुनेछ । त्यो पनि गर्दैछु । रवि दाइले सार्वजनिक जग्गाको कुराहरू पनि, खेलकुदको पनि, स्काउटको पनि धेरै सार्वजनिक जग्गाहरू लुटेर बसेका रहेछन् मान्छेहरू । पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने, स्टे अर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ, तर खालि हुन लागेको छ । खेलाडीहरू विदेश पलायन नहुनेगरी राज्यले नियुक्ति गर्ने स्वस्फुर्त निष्पक्ष नियुक्ति हुँदैछ अब हाम्रो मन्त्रालयबाट ।’

    उनले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्