images
images
  • Latest Update

    Trending

    दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले प्रसाईंको पक्षमा फैसला गर्दै उक्त आदेश दिएको हो ।

    अदालतले प्रक्रिया पुगेको भए प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो ।

    झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

    लगत्तै फेरि उनले नै २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए ।

    रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए । सर्वोच्च अदालतले तीनवटै मुद्दालाई सँगै राखेर सुनुवाइ गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्