images
images
  • Latest Update

    Trending

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनबाट बुद्धराज बस्नेतले ९०५ मत ल्याई अध्यक्षमा बिजयी भएका छन । उनको निकटतम प्रतिदन्द्धी सुमन खत्रीले ६८४ मत प्राप्त गरेका छन । शम्भुबहादुर तिमल्सिनाले २९७ मत प्राप्त गरे ।

    बरिष्ठ उपाध्यक्षमा उमेश प्रधानले ८१२ मत प्राप्त गरी बिजयी भए भने उहाँको निकटतम प्रतिदन्द्धी सुर्य कार्कीले ६९४ मत प्राप्त गरे । बिदुर प्रसाद पराजुलीले ३४६ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत(राजेन्द्र), द्धितीय उपाध्यक्षमा इन्द्र राउतले एक हजार ५३ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिदन्द्धी राजेश श्रेष्ठले ७९८ मत प्राप्त गरे ।

    तृतीय उपाध्यक्षमा बिचारी पराजुली निर्वाचित भएका छन् । महासचिवमा ईश्वर गुभाजु, सचिवमा तिर्थराज पौडेल र सह–कोषाध्यक्षमा उद्धव पौडेल चयन भएका छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले मनोनित गर्ने छ । भेषबहादुर, बिचारी, ईश्वर, तिर्थराज, उद्धव निर्बिरोध छनौट भएका थिए ।

    खुल्ला सदस्यहरुमा उमेश श्रेष्ठ १३१८, अशोक श्रेष्ठ १२१४, गणेश नेपाल ११४७, अम्बरबहादुर श्रेष्ठ(उमेश) ११३८, राजकुमार बस्नेत ११२२, सुरज तिमल्सिना ११०७, चेङगा शेर्पा ११००, कुमार थापा १०३९, सुशान्त भट्टराई १०३६, प्रकाश पौडेल ९८२, उद्धव तिमल्सिना ९६९, मणिकलाल श्रेष्ठ ९६८, दावा ग्याल्जेन शेर्पा ९६७, ईश्वर खत्री ९५९ र दलबहादुर रुम्बा ९५७ निर्वाचित भएका छन् । चमेली श्रेष्ठ र कल्याणी घिसिङ सर्वसहमत सदस्यमा छनौट भएका थिए । १५ सदस्य पदमा २९ जनाले उम्मेदवारी दिएका थिए । चैत १० गते सम्पन्न मतदानमा पदाधिकारीमा एक हजार ९२३ मत र सदस्य पदका लागि एक हजार ९१९ मत खसेको थियो । संघमा आजीवन र साधारण गरी दुई हजार ५६० सदस्य आबद्ध छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्