images
images
  • Latest Update

    Trending

    सहकारीमा रवि विरुद्ध कुनै प्रमाण छैन, समस्या जिबी राई हुन् : महानिरिक्षक कुँवर

    काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् ।

    बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताएका हुन् । उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए ।

    ‘सहकारीको विषयमा ठाडो उजुरी आयो’उनले भने ‘अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन ।’

    उनले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए । राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए ।

    ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जउनले थपे ‘सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भएपनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझैपनि हामी मेरो तहबाट काम गर्दैछौँ ।’

    महानिरिक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पारे । उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए ।

    ‘हामीले स्वभाविक रुपमा यसमा सहजीकरण गरेकै हो । बयान गर्दाखेरी केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि । त्यो कारणले हामी अतिरिक्त सचेत बनेर, संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौँ । यो एक वर्षसम्म अनुसन्धान जारी हुन्छ ।’

    महानिरिक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उहाँले कुनै दबाब र प्रभावमा नगरिएको बताए ।

    ‘हामीलाई समस्या आउँछ भन्ने हिसावले हामीले त्यो अवस्थामा ल्याएका हौँ । त्यतिबेला उहाँले पिएसओ र गाडी छोडेर हिड्नुभएको छ’ उनले भने ‘अब यो सम्मको संकेत गरिसकेपछि यहाँहरुले अनुमाग गर्न सकिन्छ । यसमा कुनै दबाब, प्रभाव, यसो र उसो भन्ने हुँदै होइन ।’

    महानिरिक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरुको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्