images
images
  • Latest Update

    Trending

    राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन राजीनामा

    काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन् ।

    अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् ।

    अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्