images
images
  • Latest Update

    Trending

    तस्करी नियन्त्रण गर्न गृह मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् ।

    शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनलेसीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरेका हुन् ।

    उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको बताए । उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताए ।

    उनले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताए ।

    उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्