images
images
  • Latest Update

    Trending

    एमालेसहितको वामपन्थी एकता गर्ने तयारीमा छौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् । उनले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख बताएका हुन् ।

    २४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे ।

    त्यस अवसरमा उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गरे ।

    आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर गरे । प्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्