images
images
  • Latest Update

    Trending

    काठमाडौँमा ‘इस्टर सन्डे’ मनाइयो

    काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ ।

    उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु यशुलाई क्रुसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।

    बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

    शनिबारदेखि नै इस्टरको अवसरमा, प्रभु येशू ख्रीष्टको आगमनको पर्खाइमा प्रार्थना सभाहरू सुरु हुन्छन्। येशू ख्रीष्ट आफ्ना चेलाहरूको लागि फर्केर आएका र ४० दिनसम्म उनीहरुलाई उपदेश दिएका थिए भनिन्छ।

    ईस्टरको महत्त्व दुई तरिकाको छ। पहिलो, येशूले मर्नु अघि सबैलाई क्षमा गरे र मानिसको पापको प्रायश्चित गर्नको लागि क्रूसमा आफ्नो रगत बगाए। येशूलाई क्रूसमा टाँगिएको दिनलाई गुड फ्राइडे भनिन्छ। दुई दिन पछि, येशू फेरि जीवित भए र यसले मानिसहरूमा नयाँ आशा जगायो र परमेश्वरप्रति उनीहरूको विश्वासलाई बलियो बनाएको यसै दिनलाई मानिन्छ।

    इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्