images
images
  • Latest Update

    Trending

    महालेखा परीक्षकमा तोयम राया सिफारिस

    काठमाडौं । संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संवैधानिक परिषद बैठकले सचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए । हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन् ।

    संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्