images
images
  • Latest Update

    Trending

    पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार रातिबाट लागु हुने गरी निगमले पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको हो।

    इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिदमुल्य आएसँगै निगमले नयाँ मुल्य निर्धारण गरेको हो।

    पेट्रोलको मुल्य लिटरमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएको निगमले जनाएको छ। तर डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको मुल्य घटेर आए पनि यथावत राखेको छ। निगमका अनुसार डिजेल र मटितेलमा प्रतिलिटर ३९ पैसा मूल्य घटेर आएको छ।

    बवाई इन्धनमा प्रतिसिलिण्डर ३८ पैसा र एलपी ग्याँसमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ। तर यी सबैको मुल्य घटाइएको छैन। यथावत राखिएको छ।

    काठमाडौंमा यसअघि १७१ रुपैयाँ पाइने पेट्रोलको मुल्य अब १७५ रुपैयाँ पर्ने छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्