images
images
  • Latest Update

    Trending

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने भएका छन् ।

    आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो ।

    प्रदेशसभाका सचिव कृष्णहरी खड्काका अनुसार कार्यव्यवस्था परामर्शको बैठकले मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

    बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्