images
images
  • Latest Update

    Trending

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

    २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएका हुन् । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमतले स्वीकृत भएको हो ।

    ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत पाए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका छन् ।

    प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्