images
images
  • Latest Update

    Trending

    एकीकृत समाजवादीकी सांसद रमा आले बागमती प्रदेशको मन्त्री नियुक्त

    नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर बागमती प्रदेशको मन्त्री नियुक्त भएकी छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन्। चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।

    दिउसो १ बजेसम्म काठमाडौंमै रहेकी उनले विगतको घटनालाई कारण देखाएर विश्वासको मत दिन हेटौंडा आउन अस्वीकार गरेकी थिइन् । मन्त्री पद दिने प्रतिवद्धतापछि उनी साढे ३ बजे हेटौंडा गएकी थिइन्।

    उनी गएपछि प्रदेशसभा बैठक साढे ४ बजे सुरु भएको थियो । मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्