images
images
  • Latest Update

    Trending

    सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन् ।

    मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताए । 

    लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए । 

    लामिछानेले गृहमन्त्रालयको काम कारवाही, विपत व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुर्नवास लगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको बताए ।

    रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्