images
images
  • Latest Update

    Trending

    बजेट र योजना साना बनाऔँ तर कार्यान्वयन हुने बनाऔँ : अध्यक्ष दाहाल

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कने भन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिएका छन् ।

    मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो सुझाव दिएका हुन् । उनले सरकारले बनाउने योजनाहरू पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताए । उनले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा संघीय संरचनालाई प्राथमिकता राखेर बनाउन सुझाव दिए ।

    उनले भने ‘बजेटमा प्राथमिकता तय गर्दा मुख्य देशको आवश्यकता ध्यान दिएर काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिनुपर्छ । सरकारले बनाउने योजनाहरू बनाउँदा पुरानो सोच झल्कने गरी बनाउने गरेको देखिन्छ । प्रशासकीय स्वरूप नयाँ भइसक्यो । अहिलेको प्राथमिकता र आवश्यकतालाई बढी जोड दिएर योजना बनाउँदा सोच्नु आवश्यक छ ।’

    उनले सरकारले आर्थिक वर्षको बजेट विगतको भन्दा प्राथमिकता र सिद्धान्त तुलनात्मक रुपमा नयाँ ढङ्गमा जान खोजेका देखिएको उल्लेख गरे । उनले बजेटमा प्राथमिकता तय गर्दा देशको आवश्यकता, काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले राष्ट्रिय सभा मूलतः प्रदेश र स्थानीय तह प्रतिको जिम्मेवारी भएको भन्दै समितिहरू र सांसदहरू त्यसमा गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।

    उनले संघीय, प्रदेश र स्थानीय तहको सरकारबीचको पुलको काम गर्नसक्ने क्षमता राष्ट्रिय सभाले राख्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले सरकारले बनाउने योजना, बजेट जस्ता विषयमा ध्यान दिन सुझाव दिए । उनले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई बढी जोड दिएर योजना बनाउनुपर्ने उल्लेख गरे । उनले विकास खर्च र साधारण खर्चबीचको अन्तर्विरोध हटाउने गरी अर्थमन्त्रालय र योजना आयोगले सोच्न जरुरी रहेको बताए । पछिल्लो समय योजना माग गर्ने काम फेसन जस्तो भएको बताए ।

    उनले भने ‘बजेट माग गर्ने र मन्त्रालयमा बुझाउने सामाजिक सञ्जालमा मैले योजना माग गरे भनेर देखाउने र जनताकोबीचमा जाने गरिएको छ । त्यो भनेको मुलुकको क्षमता भन्दा पनि फेसनको रुपमा योजना माग गर्ने काम भइरहेको छ । योजना बनाउँदा खर्च हुने बनाएर बजेट छुटाउनुपर्छ । १६ औं योजना कार्यान्वयनमा जाँदैछौं । योजना बनाउने परम्परा योजना निर्माण, लक्ष्य निर्धारण गर्ने र कार्यान्वयन गर्ने कार्यविधिको सन्दर्भमा नयाँपन आउन जरुरी छ । विगतका हामीले सकेनौँ । योजना अनुसार लक्ष्य प्राप्त गर्न सकेनौँ । योजना थोरै बनाउँऔं । साना बनाऔँ तर कार्यान्वयन हुने योजना बनाउनुपर्छ ।’

    मुलुकको क्षमता भन्दा पनि फेसनको रुपमा योजना माग गर्ने काम भइरहेको अध्यक्ष दाहालको भनाई थियो । उनले १६ औं योजना कार्यान्वयनमा जान लागेको भन्दै योजना बनाउने परम्परा योजना निर्माण, लक्ष्य निर्धारण गर्ने र कार्यान्वयन गर्ने कार्यविधिको सन्दर्भमा नयाँपन आउन जरुरी रहेको बताए । उनले योजनाअनुसार लक्ष्य प्राप्त गर्न नसकिएको भन्दै आगामी योजना साना र थोरै तर कार्यान्वयन हुने बनाउनु जरुरी रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्