images
images
  • Latest Update

    Trending

    उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

    काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

    चैत २२ गते बसेको आयोगको बैठकबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।

    आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनका लागि इलाम– २ मा ४२२ जना मतदाता थप भएका छन् । यससंगै यहाँ १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ– १ को प्रदेशसभा–१ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

    पछिल्लो निर्वाचनमा इलाम– २ मा १ लाख १५ हजार ४६७ र बझाङ– १ को प्रदेश सभा–१ मा ६१ हजार ११० मतदाता रहेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्