images
images
  • Latest Update

    Trending

    मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको हो : मुख्यमन्त्री यादव

    वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् । 

    ‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेस आन्दोलनकै जगमा मुलुकमा संघीयता आएको बताए ।

    ‘मुलुकमा संघीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले संघीयताको महसुस गर्न पाइरहेका छैनन्’, उनले भने, ‘छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज सहरले संघीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर संघीय सरकारले भने वीरगञ्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।’

    प्रतिनिधिसभाका सांसद प्रदीप यादवले संघीय सरकारले मुलुककै सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगञ्जलाई बेवास्ता गरेको बताए ।वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवलाई संघीय सरकारले चिन्न नसकेको गुनासो गरे। 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्