बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेको छ । आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामो समय योगदान गरेका अग्रज पत्रकारहरूलाई सेन्टरले सम्मान गरेको हो ।
प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पौडेल अग्रज पत्रकारहरू नारायण सापकोटा, गुरूदत्त ज्ञवाली, दुर्गा पौडेल, विनोद पहाडी, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्यौपाने, पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, रूद्रहरी कुँवर, भुवन कार्की र कमल रायमाझीलाई सम्मान गरीएको संगठनले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मन्त्री बरालले पत्रकारहरूले सधैँ दुस्खी गरिबको पक्षमा लेख्नु पर्ने बताए । पुँजीपती बर्गले मानवलाई विचारविहिन र चेतनाविहिन बनाउन लागी परेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई समाजको बारेमा बुझाउनु आवश्यक रहेको बताए । पुरानो पुस्तालाई सम्मान गरेर अघि वढ्नसके मात्रै पत्रकारिता क्षेत्रको विकास गर्न सकिने उनको भनाई छ ।
त्यस्तैगरी प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीले आफ्नो समयमा पत्रकारिताको माध्यमबाट रूपान्तरणका पक्षमा सशक्त आवाज उठाएको स्मरण गर्दै इमान्दारितापूर्वक सकारात्मक परिवर्तनको पक्षमा कलम चलाउन सुझाए । उनले परिवर्तन संस्थागत गर्नुको साटो नेताहरू भ्रष्टिकरणको मार्गमा हिडेको भन्दै चिन्ता व्यक्त गरे ।
वरिस्ठ पत्रकार डा। बालकृष्ण चापागाईंले अग्रज पत्रकारहरूलाई सम्मान गर्नु समग्र पत्रकारिता क्षेत्रको सम्मान भएको बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अग्रजको सम्मान गर्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए । उनले प्रेस सेन्टरले अग्रजहरूलाई सम्मान गरेको देख्दा आफुलाई खुसी लागेको समेत बताए ।
कार्यक्रम प्रेस सेन्टर नेपाल रूपन्देहीका अध्यक्ष बिष्णु प्रसाद पोखरेलको अध्यक्षता र सचिव रमेश गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्