images
images
  • राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट

    काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत हानन  गोडेर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

    आज  सिंहदरबारमा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

    भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको विषयमा छलफल गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र घनिष्ट हुने विश्वास व्यक्त गरे ।

    अध्यक्ष दाहालले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए । अध्यक्ष दाहालले हालै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि छिटो पहल गर्न आग्रह गरे । अध्यक्ष दाहालले अहिले पनि इजरायलमा ४ हजार नेपाली कामदार रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीप्रति चासो व्यक्त गरेका थिए ।

    इजरायलबाट नेपाल आउने उल्लेखनीय पर्यटकको बारेमा चर्चा गर्दै राष्ट्रपति दाहालले धेरैभन्दा धेरै इजरायली नागरिकलाई नेपाल भ्रमण गरी नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिन आग्रह गरे ।

    सो अवसरमा इजरायलका राजदूत हाननले नेपाल र इजरायलबीचको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपाल कला, संस्कृति, परम्परा र पर्यटकीय गन्तव्यका हिसाबले निकै धनी रहेको बताए । राजदूतले नेपालमा लामो समय काम गर्ने मौका पाएको बताउँदै सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायत नेपालका धेरै पर्यटकीय गन्तव्यले विश्वमा नेपालको पहिचान बनाएको बताए ।

    राजदूत गोडरले धेरै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको कार्यक्रमबाट आफूले आफैँले सिक र कमाउ कार्यक्रम सुरु गरेको बताए । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै