images
images
  • Latest Update

    Trending

    राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

    काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि प्रस्तावित नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत मात्रै परेको थियो । 

    घिमिरेको पक्षमा भने ३९ मत परेको छ । उनलाई नेकपा एकीकृत समाजवादीका सांसदले पनि मत दिएका छन् । जम्मा ५५ संसद्को उपस्थित रेको थियो । उनी बहुमतले निर्वाचित भएको अध्यक्ष नारायण सुवेदीले सुनाए ।

    घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेको थिए । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् । उनी कपिलवस्तु जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधि छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्