images
images
  • Latest Update

    Trending

    भोलि सार्वजनिक बिदा

    काठमाडौं– सरकारले इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ ।

    गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

    नमाज पूरा गरेपछि एकअर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

    यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्