images
images
  • Latest Update

    Trending

    गण्डकी प्रदेश : खगराज नेतृत्वको सरकारबारे दुई आदेश जारी

    काठमाडौं– गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेश  पनि जारी गरेको छ ।

    बुधवार सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको  छ । नेपाली कांग्रेसका तर्फबाट तत्कालीन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए । 

    उनले खगराज अधिकारी नेतृत्वमा सरकार असंवैधानिक भन्दै  सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सभामुखलाई समेत जोडेर अधिकारीले बहुमत दाबी गरेको कांग्रेसको आरोप ।

    रिटमा कागजात झिकाउन तथा वैशाख १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न पनि भनिएको छ । अदालतले वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई समेत भनेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्