images
images
  • Latest Update

    Trending

    नेकपा (एस) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुने अधिवेशनका लागि विभिन्न उप समिति गठन, माधव नेपालबाट उद्घाटन हुने

    मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ ।

    हेटौंडास्थित रोयल पार्टी प्लालेशमा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले पार्टी मकवानपुरका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    बुधबार पार्टी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा बसेको जिल्ला कमिटी मकवानपुरको बैठकले अधिवेशन सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गर्ने निर्णय गरेको छ ।

    अधिवेशनको आवश्यक तयारीका लागि विष्णुप्रसाद दाहालको संयोजकत्वमा जनपरिचालन उप समिति र प्रतिवेदन तयारी उपसमिति, ध्रुवबहादुर भुजेलको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उप समिति र आर्थिक उप समिति, कविन पन्तको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उप समिति, किरणमान बलको संयोजकत्वमा स्वयम् सेवक उप समिति गठन गरिएको छ । यस्तै, रामकुमार एलनको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, किशोर टन्डनको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उप समिति, लोकनाथ दाहालको संयोजकत्वमा स्वास्थ्य उप समिति, सानुभाई विकको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको छ ।

    बैठकमा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य ललितबहादुर बस्नेत, पार्टी स्थायी कमिटि सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा, केन्द्रिय सदस्य एवम् मकवानपुर इन्जार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, पार्टी बागमती प्रदेश समितिका सचिव समेत रहेका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री, पार्टी केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, पार्टी केन्द्रीय परिषद् सदस्य यादव गजुरेल लगायतको आतिथ्यता थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्