images
images
  • Latest Update

    Trending

    ईपीएस परीक्षा ४० हजारले दिएकोमा ६ हजार पास

    ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। एचआरडी कोरियाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको हो।

    पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका छन्। पहिलो चरणको परीक्षामा पास भएकाहरूको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।

    दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।

    पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो। तर, ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए।

    अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्।

    त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

    उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान भन्दै १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका थिए। सन् २०२३ का लागि अनुमानित १५ हजार ४४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्