images
images
  • Latest Update

    Trending

    ‘प्रशंसा’ गितले अहिलको युवा पूस्ताको आवाज हो : सेवक राजु सुन्दास

    ललितपुर– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा ‘प्रशंसा’ नामक नयाँ गीतले अहिलेको युवा पूस्ताको आवाजलाई सम्बोधन गर्ने होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले बताउनुभयो ।

    विहिवार ललितपुरमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सेवक सुन्दासले अहिलेको युवा पुस्ता गित संगितमा धेरै अगाडी बढेकोले नेपाली चर्चले युवाहरुको आवाजलाई सम्बोधन गर्दै युवा मैत्री चर्च हुनुपर्नेमा जोड दिनुभयो ।

    बुधवार काठमाण्डौँमा विमोचन गरिएको ‘प्रशंसा’ नामक नयाँ गीत नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।

    हाम्रो घर नेपालका अध्यक्ष देवीसरा वादी (हन्ना)ले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको प्रेम, आदर सम्मान र भक्तिभावलाई सम्बोधन गरेकोले आफू पनि यस गितबाट आशिषित महशुस गरेको बताउनुभयो । उहाँले विशेषत गित युवाहरुको लागि केन्द्रीत रहेकोले सबै किसिमका युवाहरुलाई चर्चमा ल्याउन शिक्षा दिक्षा दिन नेपाली चर्च पछि पर्न नहुने बताए ।

    प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो ।

    गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्