images
images
  • Latest Update

    Trending

    रन्जिताले गरिन् सांसद घनश्याम चौधरीलाई निलम्बन

    काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् ।

    अध्यक्ष  श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् ।

    अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको भनिएको छ ।

    पछिल्लो समय नाउपा पार्टीमा चरम विवाद छ । रन्जिता र पार्टी संरक्षक रेशमबीच विवाद हुँदा रन्जिताले रेशप पक्षका नेताहरू भटाभट पार्टी र सांसदबाट निकाली रहेकी छन् ।

    नाउपाबाट ७ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अब ५ सदस्य रन्जिता पक्षका नेताहरू मात्र छन् । उनले यसअगाडि प्रदेश संसदीय दलको नेताबाट चौधरीलाई  हटाएकी थिइन् ।

    चौधरीलाई घनश्यामलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएकी थिइन् ।

    कैलाश अध्यक्ष श्रेष्ठनिकट नेता हुन् । तर घनश्याम चौधरीनिकट छन् । यति मात्र होइन मंगलबार पत्र पठाएर श्रेष्ठले नाउपा प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त गराएकी छन् । समानुपातिक सांसद गिरीलाई उनको पार्टीले फिर्ता बोलाएको पत्र पठाएपछि सभामुखले पदमुक्त गराएका थिए । उनी पनि रेशम निकट सांसद हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्