images
images
  • Latest Update

    Trending

    देशमा राजतन्त्र फर्काउने कुरा असम्भव : देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।

    आईतवार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ति राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले’,उनले भने,‘उनी पनि अहिले टिक्न नसकेर हट्नुप-यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप-यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन ।’ उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए ।

    उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

    सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भुमिका रहेको बताए । ‘यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ’उनले भने,‘त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्