images
images
  • Latest Update

    Trending

    धार्मिक स्वतन्त्रतामाथि गृहको डण्डाः देशलाई द्वन्दमा धकेल्ने परिपत्र खारेजीको माग

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ ।

    आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने र त्यसको पहिलो निशाना गृहमन्त्री रवि लामिछाने हुने चेतावनीसमेत मोर्चाले दिएको छ ।

    राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले आयोजना गरेको सो कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले कुनै एक धार्मिक सम्प्रदायले कार्यक्रम गर्ने,आर्कोले उजुरी हाल्ने त्यसमा प्रहरी हस्तक्षेपको क्रमले देशमा शान्ति भंगहुने जिकिर गर्दै भने,“यस मिसिमको परिपत्रले शान्ति सुरक्षा हैन, धार्मिक द्वन्द्व चर्कन्छ, रवि जीलाई कि त ज्ञान नभएर हो या देश विभाजन गर्ने सुनियोजित योजनामा गम्भीर आशंका छ ।”

    मन्त्री लामिछानेलाई परिपत्रले नभई देश संविधान र कानुनले सञ्चालन् हुने सामान्य ज्ञान समेत नभएको अध्यक्ष ढकालले आरोप समेत लगाएका छन् । संसदसमेत रहेका ढकालले संसदमा यस विषयमा बोल्नका लागि सभामुखसँग समय मागेको तर आजै संसद अधिवेशन अन्त्यको निर्णयले विषय उठाउन नपाएको बताए । उनले नेपालले धार्मिक तथा मानवअधिकार सम्बन्धी महासन्धिहरूमा पनि हस्ताक्षर गरेकाले यस्ता परिपत्रले देशको अन्तराष्ट्रिय छवि मासमेत नकारात्मक असर पर्नेमा चिन्ता व्यक्त गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्