images
images
  • Latest Update

    Trending

    सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक

    काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने बताएको छ । सत्ता गठबन्धनमा हलचल सुरु भएपछि कांग्रेसले यस्तो प्रतिकृया दिएको हो ।

    नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखक भने कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको बताउँछन् । उनले भने, ‘यो सरकारलाई कांग्रेसले ढाल्न पर्दैन आफै ढल्छ ।’

    उनले गठबन्धन भित्र नै एक खालको अविश्वास र समस्या पैदा भएको भन्दै यो समस्याले कस्तो गति लिन्छ ? कांग्रेसले हेरेर बसेको तर यसमा कांग्रेसको कुनै भूमिका नभएको बताए । उनले भने, ‘कुनै औपचारिक छलफल छैन । सरकार असन्तुलन भएको छ । हामीले गम्भीरतापूर्वक हेरिरहेका छौँ ।’

    नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससँग सहकार्य गरेपछि गठबन्धन फुट्ने हो कि भन्ने धेरैको आशंका गरेका थिए । तर सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री पाउने भएपछि तत्काल गठबन्धन फुट्ने अवस्था भने देखिँदैन । 

    तर कांग्रेस भने सत्ता गठबन्धनमा एक किसिमको हलचल पैदा भएको बताइरहेको छ । यसबारे नेकपा एकीकृत समाजवादीले केन्द्रीय सहमति अनुसार आफूलाई जिम्मेवारी नदिएपछि सहकार्यको बाटो टुट्न पनि सक्ने बताएको थियो । 

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले खबरहबसँग भने, ‘सुदूरपश्चिममा सत्ता गठबन्धनले हामीलाई दिएको जिम्मेवारी पूरा गरेन जे पनि हुन सक्छ ।’

    मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बालुवाटारमा भेट भएको थियो । भेटमा भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका थिए । 

    मंगलबार दिउसो नै सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई जिम्मेवारी दिने सहमति भएको नेता खनालको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्