images
images
  • Latest Update

    Trending

    नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

    काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो। 

    संवैधानिक परिषद्को सिफारिस र संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।  

    यसअघि राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालयमा  सचिवको जिम्मेवारी सम्हालेका थिए । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्