images
images
  • Latest Update

    Trending

    तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

    चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । 

    करिब ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ ।  

    बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्