images
images
  • Latest Update

    Trending

    कोशीका मुख्यमन्त्रीले बैशाखमै विश्वासको मत लिनुपर्ने

    काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

    कोशी प्रदेशसभापछि सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

    बैठकमा मुख्यमन्त्रीले संविधानअनुसार नै अघि बढ्ने बताएकाले ३० दिनभित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्गप्रशस्त गर्न थप दबाब दिने बताए ।

    मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने उनले बताए ।

    त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे । शुक्रबार संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

    त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले बैशाख २६ गते सम्ममा विश्वासको मत लिइसक्नुपर्ने सहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्