images
images
  • Latest Update

    Trending

    जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

    काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

    गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरेको हो ।

    काठमाडौं महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ ।

    महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरिवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्