काठमाडौं । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।
शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताए ।
उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे ।
उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्