images
images
  • Latest Update

    Trending

    ओली र प्रचण्डको साझा स्वर : कम्युनिस्ट एकता गर्दा बढी हौसिएकाले दुर्घटना हुन पुग्यो

    ललितपुर- दुई ठूला दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित कार्यक्रममा सोमबार एकसाथ देखिए ।

    अर्को कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित रहेको उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा गरिएको एकताबाट पाठ सिकेको बताए ।

    कार्यक्रममा ओलीभन्दा पहिले बोलेका प्रधानमन्त्री प्रचण्डले हौसिएर अहिले नै कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्टीकरण दिए।

    एमालेले हीरक जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पहिलेको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकताको पक्षमा आफूहरू नरहेको बताए ।

    उनले यसअघि कम्युनिस्ट एकता गर्दा बढी हौसिएकाले दुर्घटना हुन पुगेको अनुभव आफूहरूसँग रहेको सुनाए ।

    फागुन २१ गतेयता कम्युनिस्ट पार्टीहरुबीच फेरि सहकार्यको सुरुवात भएको उनले बताए । यसबेला कम्युनिस्ट मिलेर जनता र देशलाई राम्रो सेवा दिने अवसर आएको पनि उनले बताए ।

    जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिस्टहरूबीच स्वतः एकताको आधारभूमि तयार हुने पनि दाहाले बताएका छन् ।

    प्रधानमन्त्रीले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमानदार भएर लाग्नु जरुरी रहेको पनि उल्लेख गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्