काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्