images
images
  • Latest Update

    Trending

    लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

    काठमाडौं– सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐनहरू अध्यादेशमार्फत ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धी केही ऐनहरू अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’

    सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दै छ ।  संसद अधिवेशन सञ्चालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वतः निष्क्रिय हुने कानुनी व्यवस्था रहेको छ ।

    सरकारले  वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्